Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

वैदेशिक रोजगारीमा भएको ठगिमा उजुरी दिने

२०७८-०५-१६ २०७८-०५-१६

वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधन भै वैदेशिक रोजगारीका सम्बन्धमा भएका कुनै पनि किसिमका उजूरीहरु जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष दिन सकिने व्यवस्था गरेको छ । अतः वैदेशिक रोजगारीका सम्बन्धमा कुनै किसिमका उजुरी तथा गुनासाहरु भए लिखितरुपमा निवेदन वा इमेल वा फेसबुक पेजमा पठाउन वा हुलाकबाट पठाउन सक्नु हुनेछ । उक्त ऐनमा भएको दफा २१ क. को उजुरी दिन सकिने भन्ने प्रावधान यस प्रकार रहेको छ:

     (१) यस ऐन बमोजिम उजुरी गर्न सकिने विषयमा हुलाक वा विद्युतीय माध्यमबाट समेत उजुरी गर्न सकिनेछ र त्यसरी प्राप्त भएको उजुरी विभाग वा कार्यालयले दर्ता गरी कारवाही गर्नु पर्नेछ ।

    (२) यस ऐन बमोजिम विभाग समक्ष उजुरी गर्न सकिने विषयमा सम्बन्धित जिल्लास्थित प्रमुख  जिल्ला अधिकारी समक्ष समेत उजुरी दिन सकिनेछ ।

     (३) उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष परेको उजुरी इजाजतपत्र प्राप्त  संस्था उपर परेकोमा सात दिनभित्र सो उजुरी विभागमा पठाउनु पर्नेछ ।

     (४) उपदफा (२) बमोजिम कुनै व्यक्ति उपर परेको उजुरी सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले जाचँबुझ गरी कामदार वा निजको प्रतिनिधिलाई क्षतिपूर्ति भराई दिनु पर्ने देखिएमा दुबै पक्षबीच छलफल गराई क्षतिपूर्ति भराईदिने गरी मेलमिलाप गराउन सक्नेछ र त्यसरी मेलमिलाप गराएको जानकारी विभागलाई दिनु पर्नेछ ।

     (५) उपदफा (४) बमोजिम मेलमिलाप हुन नसकेको अवस्थामा वा उजुरीको प्रकृतिबाटै   मेलमिलाप गराउन मिल्ने नदेखिएमा प्रमुख जिल्ला अधिकारीले सक्कलै उजुरी आवश्यक    कारबाहीको लागि विभागमा पठाउनु पर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-32 17:38:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मोरङ्ग