Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय

 

जिल्ला प्रशासन कार्यालयकाे वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ ।

 

 

मोरङ जिल्ला नेपालको कोशी प्रदेशमा पर्ने औद्योगिक जिल्ला हो। प्रदेशकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। सन् २००१ मा यस जिल्लाको जनसङ्ख्या ८,४३,२२० रहेकोमा २०७८ सालको जनगणना अनुसार मोरङ जिल्लाको जनसङ्ख्या ११,१८,९७५ रहेको छ । मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर विराटनगर हो।

मोरङ जिल्लाको परिचय

-    अवस्थिति : २६.२०/२६.५३ देखि ८७.१६/८७.४१ (दक्षिणतर्फ भारतको विहार)

-    क्षेत्रफल : १८५५ वर्ग कि.मि.

-    भाषिक अवस्था : विविध

-    पूर्व तर्फ सीमाना : झापा र इलाम

-    पश्चिम तर्फ सीमाना : सुनसरी

-    उत्तर तर्फ सीमाना : धनकुटा, पाँचथर

-    दक्षिण तर्फ सीमाना : भारतको विहार प्रान्तको अररिया जिल्ला

स्थानीय तहहरु                      

                 विराटनगर महानगरपालिका, वेलवारी न.पा., उर्लावारी न.पा., सुन्दरहरैंचा न.पा., रंगेली न.पा., पथरीशनिश्चरे न.पा., लेटाङ न.पा., रतुवामाई न.पा., सुनवर्षी न.पा., जहदा गा.पा., बुढीगंगा गा.पा., धनपालथान गा.पा., कटहरी गा.पा., केरावारी गा.पा., मिक्लाजुङ गा.पा., कानेपोखरी गा.पा., ग्रामथान गा.पा. ।

 


पछिल्लो अपडेट गरिएको : 2083-03-32 17:38:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मोरङ्ग