Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

आदेशको कार्यान्वयन गर्ने

2078-01-10

2078-01-10


विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संङ्क्रमणको दोस्रो लहर दिन प्रतिदिन  बढ्दै गइरहेको हुँदा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०१।०६ को बैठकले जारी गरेको  नयाँ भेरिएन्ट सहितको कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ बमोजिम तपसिल बमोजिम गर्ने गराउने  व्यवस्था मिलाउन सम्बन्धित सबैमा अनुरोध छ ।

तपसिल

(क) जिल्लाभरिका मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी संवत् २०७८ साल वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थनामात्र गर्न, गराउन ।

(ख) मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५  (पच्चीस ) जनाभन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्न, विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई पच्चीस जनामा नबढ्ने गरी गर्नु हुन।

(ग) विराटनगर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा संवत् २०७८ साल वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाईका विधिहरू अपनाई गतिविधि सञ्चालन गर्नु हुन ।

(घ) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना,स्वीमिङ पुल, फुटसल, सभा, आम सभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम संवत् २०७८ साल वैशाख मसान्तसम्म बन्द गर्नु हुन ।

(ङ) विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नु हुन ।

पछिल्लो अपडेट गरिएको : 2079-01-31 18:58:10

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

Powered By: ProActive Developers