Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

मिति २०७६।२।५ गते बसेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा भएको निर्णय

मिति २०७६।२।५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा मोरङ जिल्ला स्थित कार्यालय प्रमुखहरु, सूचना अधिकारीहरु समेतको सहभागितामा बसेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा भएको निर्णय :

(१) आजको अन्तरक्रिया कार्यक्रममा मोरङ्ग जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखहरु र सूचना अधिकारीहरुको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओली चौलागाईद्वारा सूचनाको हक सम्बन्धी ऐन २०६४, यस सम्बन्धी अन्य कानून अभ्यास तथा चुनौती समेत समेटिएको कार्यपत्र प्रस्तूती गरियो ।

(२) सूचनाको हक सम्बन्धी विषयमा सहभागि सरोकारवालाबाट सूचना, जानकारी आदान प्रदान तथा अस्पष्टता मेटाउने गरी रचनात्मक छलफल गरियो ।

(३) कानूनले तोके वमोजिमका अनिवार्य दायित्व (जस्तैः नियमित सूचना प्रवाह, सूचना अधिकारी तोक्ने, नागरिक वडापत्र र वुलेटिन प्रकाशन, सूचना वर्गीकरण लगायत) परिपालना गरी सेवा प्रवाहमा थप जवाफदेहिता ल्याउन प्रतिवद्धता जनाइयो ।

(४) सूचनाको हकलाई सेवा प्रवाह, नागरिक अधिकार र नीति कार्यान्वयनका विविध पक्षमा आवद्धीकरण गर्ने ।

(५)    सूचनाको हक कार्यान्वयनमा कुनै कठीनाई वा समस्या रहे, भएमा नियमित सूचना अधिकारीहरुको वैठकमा छलफल गर्ने, जिल्ला प्रशासन कार्यालयबाट सहजीकरण गर्ने ।