नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


सडक तथा ट्राफिक व्यवस्थापन सम्बन्धी बैठकको निर्णय

मिति २०७४।११।२३ गते प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय मोरङ्गमा सडक तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सरोकारवालाहरुको उपस्थितिमा बसेको बैठकबाट भएको निर्णय ः
(१)विराटनगर म.न.पा.भित्र सडक पेटी वा सडक क्षेत्र अतिक्रमण गरी व्यापार व्यवसाय वा अन्य विभिन्न गतिविधि गर्ने, जथाभावी स्वागत्द्वार निर्माण गर्ने, विज्ञापन÷होर्डिङ्ग वोर्ड राख्ने तथा सडकमा पशु चौपाया छाडिदिने जस्ता प्रवृत्ति बढेको कारण ट्राफिक व्यवस्थापन र नागरिकको दैनिक जनजीवनलाई प्रतिकूल असर परिरहेको तथा दुर्घटना समेत बढीरहेको गुनासो प्राप्त भएकोले उक्त समस्यालाई हटाउन विराटनगर म.न.पा.ले आवश्यक्तानुसार प्रहरी ÷ प्रशासनको सहयोग लिई शीघ्र कदम चाल्ने । महानगरपालिकाभित्र सडकमा स्वागत्द्वार निर्माण गर्नुपर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयको स्वीकृति लिने ।
(२)६ लेन सडक निर्माण गर्ने क्रममा निर्माण सामाग्री जथाभावी लोड अनलोड गर्ने र थुपार्ने गरिंदा यसबाट धुलो, धुँवा र प्रदुषणमा वृद्धि भई ट्राफिक व्यवस्थापनमा समेत गंभीर असर परेको पाइएकोले यसरी निर्माण कार्य गर्दा सम्बन्धित पक्षले निर्माण सामाग्रीको उचित व्यवस्थापन गर्ने, गराउने । निर्माण सामाग्री जथाभावी थुपारेकै कारण हुने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीले लिने ।
(३)विराटनगर म.न.पा.भित्र जारी सडक विस्तार कार्य अगाडी बढाउदा सडक निर्माण कम्पनी र विद्युत, टेलिकम, खानेपानी र अन्य सम्बद्ध निकायबीचमा प्रभावकारी समन्वय नभई टेलिफोन, विद्युत लगायतका आधारभूत सेवा अनियमित भएको पाइएकोले ती निकायहरुले एक आपसमा नियमित र प्रभावकारी समन्वय गरी जनगुनासो नआउने गरी कार्य गर्ने ।
(४)स्कुल, कलेजका बस÷भ्यानहरुबाट ट्राफिक नियम उल्लंघन गर्ने र स्कुल÷कलेजका विद्यार्थीहरु मूल बाटो नै छेक्ने गरी पैदल हिड्ने गरेको कारणबाट दुर्घटना बढ्न जाने हुँदा यस्ता विषयलाई न्यूनिकरण गर्न स्कुल÷कलेजका सवारी चालक र विद्यार्थीहरुलाई समेत अभिमुखीकरण गरी ट्राफिक सचेतना अभिवृद्धि गर्न प्याब्सन÷एन प्याब्सनले विशेष कार्यक्रम सञ्चालन गर्ने । यसको अनुगमन र समन्वय जिल्ला शिक्षा कार्यालयले गर्ने ।
(५)मोरङ्ग – सुनसरी औद्योगिक कोरिडोरको लागि मात्र अनुमति प्राप्त ट्रकहरु अन्य स्थानमा समेत गुड्ने तथा मापदण्ड भन्दा बढी लोड बोकी गुड्ने गुनासो प्राप्त भएको सन्दर्भमा नियम÷मापदण्ड विपरित गुड्ने त्यस्ता ट्रकहरुलाई नियमानुसार कारवाही गर्ने ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय