नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना

मिति २०७४।०८।१८ गते जिल्ला सुरक्षा समिति मोरङ्गबाट भएको निर्णयहरुः

१)‍ आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर राखी मिति २०७४।०८।१८ गते बेलुकी ६ बजेदेखी मिति २०७४।०८।२१ गते बेलुकी ६ बजेसम्म मोरङ्ग जिल्लासँग जोडिएका भारतीय सीमा नाका बन्द गर्ने ।

 

२) आसन्न निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी मिति २०७४।०८।१८ गते बेलुकी ७ बजेदेखी मिति २०७४।०८।२१ गतेसम्म मोरङ्ग जिल्लाभर कुनैपनि प्रकारको मदिराको ओसार पसार, बेचबिखन र सेवनलाई पूर्ण रुपमा बन्द गर्ने र यस प्रावधानलाई कडाईका साथ कार्यान्वयन गराउने ।

 

३)    मिति २०७४।०८।२१ गते निर्वाचनको दिन मतदान सम्पन्न नभएसम्मको लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका सवारी साधन वाहेक सम्पूर्ण सवारी साधन (सिटी रिक्सा÷रिक्सा÷मोटरसाइकल समेत) को संचालनमा पूर्ण रुपमा रोक लगाउने ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय