नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


२०७४।०७।१७ गतेको कार्यालय प्रमुखको बैठकको निर्णय

मिति २०७४।०७।१७ गते प्रमुख जिल्ला अधिकारी श्री राम प्रसाद आचार्यको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको मोरङ जिल्ला स्थित कार्यालय प्रमुखको बैठकबाट भएको निर्णय -

१)आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नहुँदासम्मको लागि कर्मचारीहरु विदामा नवस्ने, निर्वाचन कार्यमा जुनसुकै वेला खटिनुपर्ने हुँदा सवै कर्मचारी तयारी अवस्थामा रहने । साथै, अति आवश्यक कार्यमा विदामा वस्नुपर्ने अवस्था आएमा अनिवार्य रुपमा प्रमुख जिल्ला अधिकारी÷जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई मात्र विदामा वस्ने ।

२)आसन्न निर्वाचनलाई मध्यनजर राखि आ–आफ्नो कार्यालयमा रहेको सवारी साधन मर्मत गर्नुपर्ने भए सो समेत गरी जिल्ला प्रशासन कार्यालयबाट माग भएको वेला उपलब्ध हुने गरी तयारी अवस्थामा राख्ने । साथै, आ–आफ्नो कार्यालयमा रहेको सवारी साधनको विवरण (सवारी चालकको सम्पर्क नं. समेत) यथाशिघ्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।

३)निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचार संहिताको अध्ययन गरी सवै कर्मचारीले ईमान्दारिताकासाथ आचार संहिता पालना गर्ने, गराउने । आसन्न निर्वाचनको सन्दर्भमा हुने कुनैपनि राजनीतिक कार्यक्रममा सरकारी साधन र श्रोतको प्रयोग नगर्ने, नगराउने । साथै कुनैपनि सरकारी कर्मचारी राजनीतिक गतिविधिमा संलग्न नहुने ।

४)क्षेत्रीय प्रशासन कार्यालय, पूर्वाञ्चल विकास क्षेत्र, धनकुटाको च.नं.१९२ मिति २०७४।०७।१४ को पत्रसाथ प्राप्त निर्वाचन आयोग नेपालको निर्देशन वमोजिम सरुवा भएका कर्मचारीलाई यथाशिघ्र आफ्नो दरवन्दीमा जान रमाना दिने तथा काजमा रहेको भए दरवन्दीमा काज फिर्ता गर्ने व्यवस्था मिलाउने ।

५)निर्वाचनको समयमा आउन सक्ने कुनैपनि आपत्कालीन घटनाहरुलाई तत्काल संवोधन गर्न सम्बन्धित कार्यालय÷निकायले दमकल, एम्वुलेन्स र यान्त्रिक उपकरणहरुको मर्मत सम्भार गर्नुपर्ने भए सो गरी तयारी अवस्थामा राख्ने ।

६)निर्वाचनको समयमा शान्ति सुरक्षाको व्यवस्थालाई मध्यनजर राखी सर्वसाधारणबाट हुने कार्यालय प्रवेशमा निगरानी वढाउने । साथै, कार्यालय परिसरमा कुनै पनि शंकास्पद व्यक्ति, समूह वा चिजवस्तु फेला परेमा तत्काल नजिकको सुरक्षा निकाय वा जिल्ला प्रहरी कार्यालयमा खवर गर्ने ।

७)निर्वाचनको समयमा सरकारी कार्यालयहरुको सुरक्षा व्यवस्थालाई ध्यान दिई सवै कार्यालयहरुले विदाको दिन तथा विहान र रात्रीको समयमा पालो पहराको व्यवस्था मिलाई सो कार्यमा खटाईने कर्मचारीको नाम र सम्पर्क नम्वर यथाशिघ्र जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउने ।

८)गृह मन्त्रालय, शासकीय सुधार तथा ई–गभर्नेन्स शाखाको च.नं.२४ मिति २०७४।०७।१२ को पत्रसाथ प्राप्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं.१७९७ मिति २०७४।०६।२६ को पत्रबाट लेखि आए वमोजिम कार्यालय समयमा कुनैपनि कर्मचारीहरुले व्यक्तिगत फेसवुक, ट्वीटर वा त्यस्तै प्रकारको सामाजिक सञ्जालको अन्य साधनहरु चलाएर वस्ने गरेको भए त्यस्तो गतिविधिलाई अविलम्व नियन्त्रण गर्ने, गराउने ।

९)गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा पूनर्लाभ शाखाको च.नं.१३८ मिति २०७४।०७।०६ को पत्रसाथ प्राप्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं.१५८३ मिति २०७४।०६।१० तथा राष्ट्रिय पुननिर्माण प्राधिकरण कर्मचारी प्रशासन शाखाको च.नं.३१२ मिति २०७४।०६।०२ को पत्रबाट लेखिआए वमोजिम सरकारी÷सार्वजनिक भवन पुननिर्माण गर्दा स्थानीय कला संस्कृति झल्किने, स्थानीय सामग्रीको प्रयोग गर्ने तथा विपद्बाट सुरक्षित रहने गरी निर्माण गर्ने व्यवस्था मिलाउने ।

१०)स्थानीय तहले आफ्नो ईलाका भित्र रहेका मतदान स्थलको अवलोकन भ्रमण गरी ती स्थलहरुको भौतिक अवस्थाको जानकारी लिई सो को मर्मत संभारको व्यवस्था मिलाउने ।

११)सम्बन्धित स्थानीय तहले निर्वाचन सामग्री ढुवानीलाई सहज तुल्याउन मतदान स्थलसम्म जाने स्थानीय बाटो घाटोको मर्मत संभार गर्ने, सडक डिभिजनले समेत सम्बन्धित बाटो घाटोको मर्मत संभार गर्ने ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय