नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


अन्तराष्ट्रिय उपभोक्ता दिवस मनाउने सम्बन्धी निर्णय

२०७३ साल चैत्र २ गते अन्तराष्ट्रिय उपभोक्ता दिवस मनाउने सम्बन्धमा जिल्ला स्थित कार्यालयका प्रमुख, उपभोक्तावादी सँघ सँस्था, उधोग वाणिज्य सँघ, प्याव्सन, एन प्याव्सन, हिसान, हिस्टान आदिको सहभागितामा आज मिति २०७३।११।२४ गते यस कार्यालयमा वैठक वसि यस जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आयोजक समिति गठन गर्ने, मिति २०७३।१२।०२ गते विहान ७ M३० बजे सम्बद्ध सवैजना जिल्ला प्रशासन कार्यालय मोरङ्गको प्राङ्गणमा भेला भई प्रभातफेरी गर्दै जिल्ला विकास समिति मोरङ्गमा पुगी अन्तरकृया कार्यक्रममा परिणत हुने, आपूर्ति मन्त्रालयले तोकेको नमुना वमोजिमको मूल व्यानर जिल्ला प्रशासन कार्यालय मोरङ्गले निर्माण गर्ने, अन्य व्यानरको लागि वाणिज्य कार्यालय मोरङ्ग, उद्योग संगठन मोरङ्ग, मोरङ्ग व्यापार संघ, प्याव्सन, एन– प्याव्सन, हिसान, हिस्टानलाई जिम्मेवारी दिने, उपभोक्ता जागरण सम्बन्धी आपूर्ति मन्त्रालयबाट प्राप्त अडियो सामाग्री स्थानीय एफ.एम.रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाउने, उपभोक्ता जागरण सम्बन्धी आपूर्ति मन्त्रालयबाट प्राप्त अडियो सामाग्री स्थानीय एफ.एम.रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाउने, मिति २०७३।१२।०२ गते विहानको कार्यक्रममा मोरङ्ग जिल्ला स्थित सम्पूण कर्मचारीहरु, प्लस टु का विद्यार्थिहरु, निजी क्षेत्र, उद्योगी व्यवसायी, उपभोक्तावादी संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज, उपभोक्ता लगायत सवै उपस्थित भई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने लगायतको निर्णय भएको ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय