नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


मोरङ जिल्लाको परिचय

 

जिल्ला प्रशासन कार्यालयकाे वेबसाइटमा तपार्इलाइ हार्दिक स्वागत छ ।

 

मोरङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। सन् २००१मा यस जिल्लाको जनसङ्ख्या ८,४३,२२० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर विराटनगर हो।

मोरङ जिल्लाको परिचय

-    अवस्थिति : २६.२०/२६.५३ देखि ८७.१६/८७.४१ (दक्षिणतर्फ भारतको विहार)

-    क्षेत्रफल : १८५५ वर्ग कि.मि.

-    भाषिक अवस्था : विविध

-    पूर्व तर्फ सीमाना : झापा र इलाम

-    पश्चिम तर्फ सीमाना : सुनसरी

-    उत्तर तर्फ सीमाना : धनकुटा, पाँचथर

-    दक्षिण तर्फ सीमाना : भारतको विहार प्रान्तको अररिया जिल्ला

स्थानीय तहहरु                      

                 विराटनगर महानगरपालिका, वेलवारी न.पा., उर्लावारी न.पा., सुन्दरहरैंचा न.पा., रंगेली न.पा., पथरीशनिश्चरे न.पा., लेटाङ न.पा.,     रतुवामाई न.पा., सुनवर्षी न.पा., जहदा गा.पा., बुढीगंगा गा.पा., धनपालथान गा.पा., कटहरी गा.पा., केरावारी गा.पा., मिक्लाजुङ गा.पा., कानेपोखरी गा.पा., ग्रामथान गा.पा. ।

 

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय