नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


  

  • नागरिकता शाखाको फ्याक्स नं. वारे । २०७४-९-२

    नागरिकता अभिलेख रुजु सम्बन्धी पत्र यस कार्यालयको नागरिकता शाखाको फ्याक्स नं.०२१-५२१३५१ मा पठाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

  • जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना २०७४-८-१८

    मिति २०७४।०८।१८ गते जिल्ला सुरक्षा समिति मोरङ्गबाट भएको निर्णयहरुः १)‍ आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर राखी मिति २०७४।०८।१८ गते बेलुकी ६ बजेदेखी मिति २०७४।०८।२१ गते बेलुकी ६ बजेसम्म मोरङ्ग जिल्लासँग जोडिएका भारतीय सीमा नाका बन्द गर्ने ।   २) आसन्न निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी मिति २०७४।०८।१८ गते बेलुकी ७ बजेदेखी मिति २०७४।०८।२१ गतेसम्म मोरङ्ग जिल्लाभर कुनैपनि प्रकारको मदिराको ओसार पसार, बेचबिखन र सेवनलाई पूर्ण रुपमा बन्द गर्ने र यस प्रावधानलाई कडाईका साथ कार्यान्वयन गराउने ।   ३)    मिति २०७४।०८।२१ गते निर्वाचनको दिन मतदान सम्पन्न नभएसम्मको लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका सवारी साधन वाहेक…

  • मतदानको दिन (मंशिर २१ गते) सवारी पास सम्बन्धी २०७४-८-१३

    जिल्ला प्रशासन कार्यालय, मोरङ्गबाट सवारी अनुमति पाउंने निकाय तथा संस्थाहरुः मतदानको दिन प्रयोग हुने हलुका सवारी साधन वा मोटरसाइकललाई देहाय बमोजिम अनुमति दिने व्यवस्था गरिएको छ ।   सि.नं. सवारी साधनको प्रयोगकर्ता सिफारिस गर्ने निकाय संख्या अनुमति दिने निकाय   उम्मेदवार प्रत्यक्ष (प्रतिनिधि सभा सदस्य प.हु.नि.हु) सम्वन्धित क्षेत्रको निर्वाचन अधिकृत प्रति उम्मेदवार १ मात्र प्रमुख जिल्ला अधिकारी   उम्मेदवार समानुपातिक (प्रतिनिधि सभा सदस्य) सम्वन्धित जिल्लाको मूख्य निर्वाचन अधिकृत प्रति उम्मेदवार १ मात्र ”    ”   उम्मेदवार प्रत्यक्ष तथा समानुपातिक (प्रदेश सभा सदस्य) सम्वन्धित निर्वाचन अधिकृत प्रति उम्मेदवार १ मात्र ”    ”   सुरक्षाकर्मी   आवश्यकतानुसार ”    ”   राष्ट्रिय पर्यवेक्षक…

  • राहदानी सम्बन्धी सूचना २०७४-७-२७

    यस कार्यालयमा मिति २०७४।०९।२५ गते सम्म राहदानीकाे लागि दरखास्त दिनुहुने व्यक्तिहरुकाे राहदानी बनी अाएको व्यहाेरा सूचित गरिन्छ ।

  • हातहतियार बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना २०७४-७-२०

    अासन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ का सन्दर्भमा व्यक्तिको नाममा रहेको हातहतियार अनिवार्य रुपमा नजिकको प्रहरी कार्यालयमा बुझाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी सूचना यहाँबाट डाउनलोड गर्नुहोस ।

  • २०७४।०७।१७ गतेको कार्यालय प्रमुखको बैठकको निर्णय २०७४-७-१७

    मिति २०७४।०७।१७ गते प्रमुख जिल्ला अधिकारी श्री राम प्रसाद आचार्यको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको मोरङ जिल्ला स्थित कार्यालय प्रमुखको बैठकबाट भएको निर्णय - १)आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नहुँदासम्मको लागि कर्मचारीहरु विदामा नवस्ने, निर्वाचन कार्यमा जुनसुकै वेला खटिनुपर्ने हुँदा सवै कर्मचारी तयारी अवस्थामा रहने । साथै, अति आवश्यक कार्यमा विदामा वस्नुपर्ने अवस्था आएमा अनिवार्य रुपमा प्रमुख जिल्ला अधिकारी÷जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई मात्र विदामा वस्ने । २)आसन्न निर्वाचनलाई मध्यनजर राखि आ–आफ्नो कार्यालयमा रहेको सवारी साधन मर्मत गर्नुपर्ने भए सो समेत गरी जिल्ला प्रशासन कार्यालयबाट माग भएको वेला उपलब्ध हुने गरी तयारी अवस्थामा राख्ने ।…

  • राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्णय २०७४-७-१४

    सरकारी/सार्वजनिक भवन पुननिर्माण गर्दा स्थानीय कला स‌ंस्कृति झल्किने स्थानीय सामाग्रीको प्रयोग गर्ने तथा विपदबाट सुरक्षित रहने गरी निर्माण गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई अनुरोध गर्ने भनी राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको ८४ अौं बैठकबाट भएको निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (आर्थिक तथा पूर्वाधार विकास महाशाखा) बाट लेखि आएको हुँदा सो अनुसार गर्न गराउनुहुन सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ ।

  • संघ संस्था दर्ताको विवरण २०७४-६-२६

    संघ संस्था दर्ताको विवरण

  • अन्तराष्ट्रिय उपभोक्ता दिवस मनाउने सम्बन्धी निर्णय २०७३-११-२४

    २०७३ साल चैत्र २ गते अन्तराष्ट्रिय उपभोक्ता दिवस मनाउने सम्बन्धमा जिल्ला स्थित कार्यालयका प्रमुख, उपभोक्तावादी सँघ सँस्था, उधोग वाणिज्य सँघ, प्याव्सन, एन प्याव्सन, हिसान, हिस्टान आदिको सहभागितामा आज मिति २०७३।११।२४ गते यस कार्यालयमा वैठक वसि यस जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आयोजक समिति गठन गर्ने, मिति २०७३।१२।०२ गते विहान ७ M३० बजे सम्बद्ध सवैजना जिल्ला प्रशासन कार्यालय मोरङ्गको प्राङ्गणमा भेला भई प्रभातफेरी गर्दै जिल्ला विकास समिति मोरङ्गमा पुगी अन्तरकृया कार्यक्रममा परिणत हुने, आपूर्ति मन्त्रालयले तोकेको नमुना वमोजिमको मूल व्यानर जिल्ला प्रशासन कार्यालय मोरङ्गले निर्माण गर्ने, अन्य व्यानरको लागि वाणिज्य कार्यालय मोरङ्ग, उद्योग संगठन मोरङ्ग, मोरङ्ग व्यापार संघ, प्याव्सन, एन– प्याव्सन,…

  • विकास निर्माणसँग सम्बन्धित वैठकको निर्णय २०७३-९-२२

    मिति २०७३।९।२२ गते यस कार्यालयमा प्रमुख जिल्ला अधिकारीको सँयोजकत्वमा सुरक्षा निकायका पदाधिकारीहरु तथा सरोकारवाला निकायहरु समेतको उपस्थितिमा विकास निर्माणसँग सम्बन्धित विषयमा वैठक वसी देहाय वमोजिमको निर्णय भएको ।-   १)मोरङ जिल्ला र विशेष गरी विराटनगर क्षेत्रमा सञ्चालन भएका विकास निर्माणका कार्यहरुको हालको अवस्था, प्रगति, समस्या, अवसर एवँ आगामी दिनमा विकास निर्माण कार्यलाई थप प्रभावकारी तुल्याउन गर्नुपर्ने कार्यहरुको सम्बन्धमा सरोकारवाला निकायका पदाधिकारीवीचमा छलफल भयो । २)विकास निर्माण कार्यलाई अगाडी वढाउने सन्दर्भमा सरोकारवाला निकायहरुकोवीचमा अझ वढी समन्वय कायम गरी काम कारवाहीमा दोहोरोपन हटाउने, निर्माणको क्रममा स्थानीयबाट आउने गुनासोको सम्वोधन गर्ने, एवँ विकास निर्माणको कार्यलाई अझ वढी गति प्रदान गर्ने । ३)निर्माण कार्य…

  • वक्रfहा नदी नियन्त्रण सम्बन्धी वैठकबाट भएको निर्णय २०७३-९-४

    वक्राहा नदी नियन्त्रण सम्बन्धमा प्रमुख जिल्ला अधिकारी श्री यज्ञराज कोइरालाको सँयोजकत्वमा माननीय साँसदज्यूहरु समेतको उपस्थितिमा मिति २०७३।९।३ गते वसेको वैठकबाट भएका निर्णयहरुः   १)वक्राहा नदीबाट उत्पन्न प्रकोप नियन्त्रणका सम्बन्धमा गुरु योजना तयार भइसकेको र उक्त गुरु योजना अनुसारको प्राप्त बजेट न्यून भएको हुँदा थप बजेट व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति मोरङ्ग मार्फत् केन्द्रीय दैवी प्रकोप उद्धार समितिमा पठाउने । २)वक्राहा खोला, मधुमल्ला गा.वि.स.क्षेत्रमा गाउँ वस्ती भन्दा अग्लो सतह वनाई वग्ने गरेकोले सो क्षेत्रमा खोलालाई गाउँ वस्ती वसोवास रहेको सतहभन्दा तल्लो सतहमा पु¥याउन ढुङ्गा, गिट्टी, वालुवा निकाल्ने व्यवस्था अध्ययन गर्न जल उत्पन्न प्रकोप नि.डि.का.मोरङ्गको नेतृत्वमा जिल्ला विकास समिति, जिल्ला…

  • सातौ राष्ट्रिय खेलकुद २०७३ सम्बन्धी निर्णय २०७३-९-४

    प्रमुख जिल्ला अधिकारी श्री यज्ञराज कोइरालाको सँयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु लगायत सरोकारवालाहरु समेतको सहभागितामा सातौ राष्ट्रिय खेलकुद २०७३ सम्बन्धी मिति २०७३।९।३ गते वसेको वैठकबाट भएका निर्णयहरुः   मिति २०७३ साल पौष ८ गतेदेखि ऐ. १५ गतेसम्म पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद–२०७३ आयोजना हुन गइरहेको सन्दर्भमा विराटनगरस्थित शहिद रङ्गशालामा कराँते, शहिद रङ्गशालास्थित कवर्ड हलमा टेवल टेनिस, दिल्ली पव्लिक स्कुलको खेल मैदानमा हकी, टंकीसिनवारीस्थित खेल मैदानमा कवड्डी र हैण्डवल साथै वैजनाथपुरस्थित रङ्गशालामा क्रिकेट, सुटिङ्ग र सफ्ट टेनिस खेलहरु सञ्चालन हुने भएकोले अति आवश्यकीय सेवा अनुरुप सम्वन्धित सवै पक्षले समन्वयात्मक रुपमा तपसिलका कार्यहरु गरी राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्ने । १. विराटनगर उपमहानगरपालिका क्षेत्रभित्रका…

  • जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णय २०७३-९-३

    मिति २०७३।९।१ गते मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री यज्ञराज कोइरालाको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकबाट भएका निर्णयहरु १) जाडो मौसमका कारण चल्ने शितलहर र त्यसबाट उत्पन्न हुने क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्न वि.एफ.एम.बाट दैनिक ४ पटक सूचनामुलक सन्देश प्रशारण हुँदै आइरहेकोमा हालै गृह मन्त्रालयबाट प्राप्त चेतनामुलक सूचना एवं सन्देशहरु स्थानीय भाषामा स्पष्ट वुझिने गरी अन्य सञ्चार माध्यमहरुबाट प्रशारण गर्न, गराउन विराटनगर उ.म.न.पा.कार्यालयलाई जिम्मेवारी दिने । २) शितलहरबाट देखिने स्वास्थ्य सम्बन्धी समस्याका लागि आवश्यक पर्ने औषधि, प्राविधिकहरुको व्यवस्था जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङ्गले मिलाउने । ३) शितलहरबाट बच्नका लागि आवश्यक पर्ने लत्ताकपडा, ओड्ने लुगा आदि जस्ता राहत…

  • २०७३।६।१३ गते बसेको कार्यालय प्रमुख बैठकको निर्णय २०७३-६-१४

    मिति २०७३।६।१३ गते प्रमुख जिल्ला अधिकारी श्री तोयम रायाको अध्यक्षतामा बसेको जिल्ला स्थित कार्यालय प्रमुखको बैठकबाट भएका निर्णयहरुः (१)२०७३ सालको विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा कार्यालय प्रमुखहरुकोबीचमा शुभकामना आदान प्रदान गरियो । (२)चाडपर्वको समयमा सवै कार्यालयले आफ्नो कार्यालयको सुरक्षाको लागि पालो पहराको व्यवस्था मिलाई सम्पर्क नं. सहितको जानकारी जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउने । (३)कार्यालय प्रमुखहरुले जिल्ला वाहिर जादा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई एवं निमित्त कार्यालय प्रमुख तोकी सो को जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिने । (४)विदाको समयमा सरकारी सवारी साधनको दुरुपयोगलाई रोक्न सवारी पास लिएर मात्र सवारी साधन चलाउने तथा कार्यालयको सवारी र…

  • निजामती सेवा दिवस २०७३ मनाउने सम्बन्धी निर्णय २०७३-५-१७

    निजामती सेवा दिवस २०७३ मनाउने सम्बन्धी निर्णय

  • जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णय २०७३-४-१४

    आज मिति २०७३।४।१४ गते मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष श्री तोयम रायाज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकबाट भएका निर्णयहरु -   १)केही दिनदेखि परेको अविरल वर्षाको कारण मोरङ्ग जिल्ला हसन्दह गा.वि.स. स्थित वक्राहा खोलामा आएको बाढीको कारण उक्त खोलाको तटबन्ध भत्किन गई बस्तीहरु डुवानमा परेकोले उक्त तटबन्ध निर्माणको लागि देहाय वमोजिम गर्ने ।– (क)जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले तटबन्ध निर्माणका लागि आवश्यक बोरा लगायतका सामग्रीको व्यवस्था गर्ने । (ख)तटबन्ध निर्माणका लागि आवश्यक पर्ने मेशिन औजारहरुको व्यवस्था उक्त कार्यमा खटिने स्वयं व्यक्ति, संस्था र स्थानीय स्तरबाट…

  • मनसुन जाेखिम न्यूनिकरण कार्ययोजना २०७३ २०७३-३-७

    मनसुन जाेखिम न्यूनिकरण कार्ययोजना २०७३ 

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय